कला/साहित्य

‘यो मन त जहाँ गए नि’ तथा ‘म्हंगसय् खनागु देय्’ सार्वजनिक

फुजिनोमिया एशोशियशन फर इन्टरनेसनल रिलेशनसले जापानको शिजुओका प्रान्तको फुजिनोमिया महानगरपालिकाको भवनमा दुई कार्यक्रम गरेको छ।

जापानमा ४ दशकदेखि बस्दै आएका प्राध्यापक इञ्जिनियर नरेश महर्जनले नेपाल र जापान दुई देशको सुमधुर द्वैत्य सम्बन्ध गाँसेको ७० वर्ष पुगेको उपलक्ष्यमा दुई देशको सम्बन्ध अझ प्रगाढ होस् भन्ने कामनासहित राष्ट्रभावले प्रेरित म्यूजिक भिडियो ‘यो मन त जहाँ गए नि’ सार्वजनिक भएको छ।

‘यो मन त जहाँ गए नि’ म्यूजिक भिडियोमा राजेश हमालले मुख्य भूमिका निर्वाह गरेका छन्।

प्रड्युशर स्वयं प्रो नरेश महर्जन हुन्। फुजिनोमिया महानगरपालिकाका प्रमुख हिदेताडाको अध्यक्षतामा नेपालको नेवा: साहित्यकार रिता महर्जन ऋतुको जापान भ्रमणको सिलसिलामा नेपाल भाषामा लेखिएको म्हंगसय् खनागु देय् नियात्रासंग्रह पनि लाेकार्पण भएकाे छ।

कार्यक्रममा मेयर हिदेताडा तथा महानायक राजेश हमालले कृतिकाे लाेकार्पण गरेका हुन्।

फुजिनोमिया एशोशियशन फर इन्टरनेसनल रिलेशनस् संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा मेयर हिदेताडा सहित मन्त्री, सांसद् तथा उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ। उक्त कार्यक्रममा सार्वजनिक भएको म्यूजिक भिडियो युट्युबमा हेर्न सकिने प्रड्युशर नरेश महर्जनले बताए।

प्रकाशित: ४ फाल्गुन २०८२ ०८:१५ सोमबार