कला/साहित्य

जब अभिनेत्री प्लास्टिकको झोला बोकेर ‘रेड कार्पेट’ पुगिन्...

आकर्षक पहिरनमा देखिएकी अभिनेत्री झाङ जिङयीले हातमा पहेंलो प्लास्टिक झोला बोकेपछि यसको चर्चा चुलिएको छ। झट्ट हेर्दा प्लास्टिकको फोहोर फाल्ने झोला जस्तो देखिने ब्याग बोकेर जिङयी रेड कार्पेटमा पुगेपछि समाजिक सञ्जालमा यसको चर्चाको केन्द्र बन्यो।  

तस्बिरलाई समाजिक सञ्जाल प्रयोगकर्ताले मिश्रित प्रतिक्रिया दिएका छन्। तस्बिरमा देखिने यो प्लास्टिकको झोला जस्तो देखिने कुनै सामान्य फोहोरको झोला नभइ महँगो डिजाइनर ब्याग हो।  

केही प्रयोगकर्ताले यसलाई ‘विश्वकै महँगो फोहोरको झोला’को संज्ञा समेत दिएका छन्।  

उक्त झोलाको मूल्य १७९० अमेरिकी डलर करिब २ लाख ६४ हजार मूल्य रहेको बताइएको थियो। झोलाको नाम ‘ट्र्यास ब्याग लार्ज पाउच’ रहेको बताइएको थियो। तर, न्युज च्यानल सीएनए लाइफस्टाइल तथा हार्डवेयरजोन्को अनुसार उक्त झोला कुनै महँगो नभएर सामान्य प्लास्टिकको झोला रहेको बताएको छ।

प्लास्टिको झोला बोक्नुको अर्थ भने निकै भावनात्मक संकेत रहेको छ। अभिनेत्रीले उक्त झोला उनको चलचित्र ‘द वन’को प्रोमोको लागि बोकेको बताइएको छ। जसमा उनको पात्र र उनको सुन्न नसक्ने आमाबुवाबिच सञ्चार माध्यमको रुपमा प्रयोग गरिएको हुन्छ।

उक्त तस्बिर बेइजिङ इनटरनेशनल फिल्म फेस्टिभल २०२५ को हो। यो महोत्सव हरेक वर्ष चीनको बेइजिङमा हुने गर्दछ। २६ वर्षीय चिनियाँ अभिनेत्री झाङ जिङयीले उक्त फेस्टिभलमा ब्याग बोकेर पुगेसी व्यापक चर्चा चुलिएकोहो।

यी चिनकी लोकप्रिय अभिनेत्री चलचित्र तथा सीरीजमा देखिदै आएकी छिन्। उनी प्राय ‘लव स्टोरी’ कथावस्तुका फिल्मा देखिन्छिन्। २०१८ देखी चलचित्रमा करियरको सुरुवात गरेकी अभिनेत्री पछिल्लो केही वर्षदेखी युवा पुस्तामा लोकप्रिय छिन्।

प्रकाशित: ३ चैत्र २०८२ १८:४९ मंगलबार