कला/साहित्य

‘गुराँस फुल्दा’ गीतको रि-क्रिएसनबारे दीपकराज गिरीले के भने ?

चलचित्र ‘मास्टर्नी’ को गीत ‘गुराँस फुल्दा’ सार्वजनिक भएको छ। २५ वर्ष अगाडि सार्वजनिक भएको गीत ‘गुराँस फुल्दा’मा भुवन केसी र सुस्मिता केसीको मुख्य भूमिका थियो। मास्टर्नीमा भने यसलाई पुनःसिर्जना गरिएको छ।

यस अगाडि ‘मास्टर्नी’ को प्रमोशनल गीत ‘म्याथ सिक्ने भए’ सार्वजनिक भएसँगै विवादमा तानिएको थियो। गुराँस फुल्दा गीत भने ‘मास्टर्नी’ को दोस्रो गीत हो। अभिनेता तथा निर्देशक दीपकराज गिरीले प्रियांकालाई सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै लेखे, ‘यो हो नि तरिका। तिमीलाई यस्तै सुहाउँछ! धेरै राम्रो छ शुभकामना प्रियंका, वर्षा लगायत सबैलाई।’

गीतको मूल संस्करणमा भारतीय गायिका साधना सरगमको स्वर, दयाराम दाहालको शब्द र सचिन सिंहको संगीत छ भने रि-क्रिएसनमा भने बसन्त सापकोटाको संगीत र मेलिना राईले स्वर रहेको छ। भिडिओमा प्रियंका कार्की र वर्षा राउत फिचर्ड छन्।

सुवेन्दु घोष निर्देशित फिल्म ५ भदौदेखि प्रदर्शनको तयारीमा छ।आयंका फिल्मस्को प्रस्तुतिमा बनेको 'मास्टर्नी' क्राइम थ्रिलर-मर्डर मिस्ट्री जनराको सिनेमा हो।

प्रकाशित: २६ श्रावण २०८३ १३:४४ मंगलबार