हेम सरिता पाठक फाउन्डेसनले ‘अब जाग्नु पर्छ’ म्युजिक भिडियोको सार्वजनिक गरेको छ ।
फाउन्डेसनका अन्तर्राष्ट्रिय अध्यक्ष जेनी पाठकको अध्यक्षतामा आयोजित कार्यक्रममा लोकार्पित ‘अब जाग्नु पर्छ’ म्युजिक भिडियोको गीत फाउन्डेसनका प्रमुख संरक्षक गीतकार हेम पाठकले लेखेका हुन् भने सो गीतको संगीत एवं गायन बी बी अनुरागी र शिशिर योगीले गरेका हुन् ।
कार्यक्रममा फाउन्डेसनका प्रमुख संरक्षक गीतकार हेम पाठकले आफ्नो मन्तव्य राख्दै फाउन्डेसनको अभियानबारे स्पस्ट गर्दै गीतको उदेश्यबारे बोलेका थिए ।
फाउन्डेसनका अन्तर्राष्ट्रिय महासचिव राधेश्याम लेकालीले सहजीकरण गरेको कार्यक्रममा पूर्वमन्त्री दीपेन्द्र श्रेष्ठ, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, नेपाली चलचित्रका नायक संजय खतिवडा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यसैगरी फाउन्डेसनका अन्तर्राष्ट्रिय अध्यक्ष जेनी पाठकले जेन जी आन्दोलनमा सहादत प्राप्तहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भ्रष्टाचारको विरुद्ध सबै चनाखो हुनुपर्ने बताउँदै आगामी निर्वाचनमा भ्रस्टाचारीलाई भोट हुँदैन भनिन् ।
कार्यक्रममा फाउन्डेसनका दूत वरिष्ठ कलाकार किरण केसी, लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनाली, गीतकार शोभित उप्रेती, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विष्णु निष्ठुरी, प्राडा. गोविन्दमान सिंह कार्की, अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहाल लगायत विभिन्न संस्थाका प्रतिनिधि, पत्रकार, साहित्यकार र अभियन्ताको पस्थिति थियो ।
प्रकाशित: ३ कार्तिक २०८२ १७:१० सोमबार