कला/साहित्य

युट्युबमा हेर्नुहोस ‘बेहुली फ्रम मेघौली’

साजन बराल र आकाश काफ्लेको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बेहुली फ्रम मेघौली’ युट्युबमा सार्वजनिक भएको छ।

नारीप्रधान कथावस्तुमा रहेको चलचित्रमा एक युवतीको कथा हो, जहाँ उनी ३० वर्ष टेक्न थाल्दा पनि अविवाहित बसेकी छिन्। उनलाई परिवार र समाजले बिहे गर्नै पर्छ दबाब वरपर कथा केन्द्रित छ। यसमा नयाँ पुस्ताको सोच र परम्परागत सोचको झलक समेटिएको छ।

चलचित्रमा स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका छ। जसमा यी दुईको आफ्नौ लगानी समेत हो। अभिनेत्री सिम्रन ‘बेहुली फ्रम मेघौली’मा स्वस्तिमाको बहिनीको भूमिकामा छिन्।

चलचित्र स्वस्तिमा र निश्चलसँगै वसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ।  

चलचित्र २०८१ सालको असोजमा सिनेमा हलमा प्रदर्शनमा आएको थियो।  

प्रकाशित: २५ श्रावण २०८३ १२:१८ सोमबार