चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझी लामो समयपछि नयाँ गीतमार्फत पुनः श्रोता–दर्शकमाझ आएकी छन्। उनले आफ्नो स्वरमा रहेको नयाँ गीत ‘झोर्ले हजुर’ सार्वजनिक गर्दै श्रोतामाझ आएकी हुन्।
विगतमा आफ्नै ‘सपना म्युजिक इन्डस्ट्रि’ मार्फत तीज तथा दशैं विशेषका गीत र एल्बम सार्वजनिक गर्दै आएकी माझीले यसपटक आफ्नो कम्पनीबाहिरको गीतमा स्वर दिदैँ नयाँ सांगीतिक यात्रा गरेकी छिन्।
शनिबार सार्वजनिक गरिएको ‘झोर्ले हजुर’ गीतमा विष्णु माझीसँगै गायक बाबुकृष्ण परियारको स्वर रहेको छ। गीतका शब्द रमेश बिजीले लेखेका हुन् भने संगीत बाबुकृष्ण परियार स्वयंले तयार पारेका छन्।
गीतको भिडियो मौसम हिमालीको कोरियोग्राफी तथा निर्देशनमा निर्माण गरिएको हो। भिडियोमा बुद्ध थापाको छायांकन र अमृत चापागाईं को सम्पादन रहेको छ।
गायिका माझीले विशेषगरी तीजमा गीतहरु बजारमा ल्याउने गरेपनि यसपटक तीज आउनु अगाडि तीज विशेषभन्दा फरक विधाको गीतमार्फत सांगीतिक बजारमा आएकी हुन् ।
प्रकाशित: ३१ जेष्ठ २०८३ १५:१७ आइतबार



