कला/साहित्य

विजय बराल र उपासना सिंह ठकुरी उत्कृष्ट अभिनेता-अभिनेत्री

राष्ट्रिय चलचित्र पुरस्कार २०८२ मा उत्कृष्ट अभिनेताको पुरस्कार  विजय बराल र उत्कृष्ट अभिनेत्रीको पुरस्कार उपासना सिंह ठकुरीले पाएका छन्।

चलचित्र विकास बोर्डले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट अभिनेता-अभिनेत्रीको पुरस्कार बराल र सिंहले पाएका हुन्।

उत्कृष्ट अभिनेताको पुरस्कार बरालले फिल्म पूर्णबहादुरको सारङ्गीबाट पाएका हुन्। बरालको मुख्य भूमिका रहेको यो फिल्मले कीर्तिमानी व्यापार गर्न सफल भएको थियो ।

त्यस्तै उत्कृष्ट अभिनेत्रीको पुरस्कार सिंहले फिल्म खुस्माबाट पाएकी हुन्।

सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार वितरण गरेका हुन् ।

प्रकाशित: ३० असार २०८२ १७:५३ सोमबार

#NagarikNews #Bijaya Baral #Upasana sing thakuri