कला/साहित्य

उषा रजकले भनिन्: संजोग कार्कीबाट मैले उन्मुक्ति पाएँ, धन्यवाद नेपाल प्रहरी

अभिनेत्री तथा मोडेल उषा रजकले पछिल्लो समय आफूले भोगेको अनलाइन उत्पीडनबारे खुलेर मिडियामा बोलेकी छन्। पछिल्लो समय संजोग कार्की नाम गरेका एक पुरुषले बारम्बार कल र म्यासेज गरेर हैरान पार्ने गरेको बताउँदै आएकी रजकले सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीको साइबर ब्युरोसँग गुहार मागेकी थिइन्। 

अब उनले यी विषयबाट राहत पाएको बताउँदै नेपाल प्रहरी साइबर ब्युरोको प्रशंसा गरेकी छन्। साइबर ब्युरोले आफूलाई न्याय दिएको भन्दै उनले यस्ता घटनामा अरू साना नानीहरू पनि अन्यायमा परेको उल्लेख गरेकी छन्। आफू पीडित प्रमाणित भएको र यस विषयलाई लिएर पीडकलाई या त मुद्दा चल्ने वा जेल सजाय हुने रहेछ भनेर उनले उल्लेख गरिन्।

 तर उषाले भने पीडितको गोपनीयतालाई ख्याल गर्दै पीडकले के सजाय पाए भन्ने खुलाएकी छैनन्। उनले भनिन्, ‘तर पीडकले धेरै महिलालाई दुःख दिइसकेका रहेछन्।’ धेरैलाई पहिल्यै सताएपछि पीडक निडर भएको रजकको दाबी छ।

प्रकाशित: ३१ श्रावण २०८३ १५:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App