कला/साहित्य

तृषा र विजयको सम्बन्ध फेरि चर्चामा

तमिलनाडुका मुख्यमन्त्री तथा अभिनेता विजय थलापति र अभिनेत्री तृषा कृष्णनको सम्बन्ध फेरि चर्चामा छ। 

भारतको स्वतन्त्रता दिवसका अवसरमा आयोजित एक कार्यक्रममा तृषा विजयका आमाबुबासँगै अगाडिको पंक्तिमा बसेको देखिएपछि उनीहरूको सम्बन्धलाई लिएर नयाँ अड्कलबाजी सुरु भएको छ।

शनिबार अगस्ट १५ मा चेन्नईस्थित फोर्ट सेन्ट जर्जमा आयोजित स्वतन्त्रता दिवस समारोहमा तृषा कृष्णन पनि सहभागी भइन्। कार्यक्रममा मुख्यमन्त्री विजयले राष्ट्रिय झण्डा फहराएका थिए।

यस क्रममा तृषा विजयका आमाबुबासँगै अगाडिको पंक्तिमा बसेको देखिइन्। तृषाको सहज उपस्थितिले सामाजिक सञ्जालमा उनीहरूको सम्बन्धबारे फेरि चर्चा सुरु भएको छ।

कार्यक्रमको अर्को भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडियोमा विजय आफ्नो सरकारी जिम्मेवारी पूरा गर्दै जीपमा अगाडि बढिरहेका बेला तृषाले उनलाई सलाम गरेको देखिन्छ।

यो भिडियो सार्वजनिक भएपछि प्रशंसक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विजय र तृषाको सम्बन्धबारे फेरि विभिन्न अनुमान गर्न थालेका छन्।

विजय र तृषाको नाम लामो समयदेखि एकअर्कासँग जोडिँदै आएको छ। विजय मुख्यमन्त्री बनेपछि आयोजित शपथ ग्रहण समारोहमा समेत तृषाको उपस्थिति चर्चामा आएको थियो। तर, दुवैले अहिलेसम्म आफ्नो कथित सम्बन्धबारे आधिकारिक रूपमा कुनै पुष्टि गरेका छैनन्।

स्वतन्त्रता दिवस कार्यक्रममा तृषा विजयका आमाबुबासँगै देखिनु र विजयलाई सलाम गरेको भिडियो सार्वजनिक हुनुका कारण सम्बन्धबारे पुनः चर्चा भए पनि सलाई सम्बन्धको आधिकारिक पुष्टि भने मान्न सकिँदैन।

अब तृषा वा विजयले यी चर्चाबारे कुनै प्रतिक्रिया दिन्छन् कि दिँदैनन् भन्ने विषय चासोको विषय बनेको छ।

प्रकाशित: ३० श्रावण २०८३ १४:०५ शनिबार