कला/साहित्य

नियात्राकार छविरमण सिलवालकाे दाेस्राे नियात्रासंग्रह ‘अमेरिकाको घाम’ लाेकार्पण

नियात्राकार छविरमण सिलवालको दाेस्राे नियात्रासंग्रह ‘अमेरिकाको घाम’ लोकार्पण भएको छ।

स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, नियात्राकार सिलवाल, सुमन सौरभ, केशव पराजुली, नन्दु उप्रेती, मधु पाठक, प्रदीप सापकोटा लगायतले लोकार्पण गरे।

लाेकप्रिय साहित्यकार ‘रोदन’ ले नियात्राले आफूसँगै पाठकलाई अमेरिका, युरोप र चीनको यात्रा गराउन सक्षम भएको बताए।

भुँडीपुराणका प्रबन्ध निर्देशक पराजुलीले नियात्राकाे भाषाशैली र प्रस्तुति पाठकमैत्री भएकाले पाठकको माया पाउने बताए।

यसअघि दश कृति प्रकाशित गरिसकेका सिलवालको यो दोस्रो नियात्रा कृति हो।

भुँडीपुराण प्रकाशनले ‘अमेरिकाको घाम’ लाई बजारमा ल्याएकाे हो। यसको मूल्य रुपैयाँ २७५ राखिएकाे छ। उक्त कृतिमा

१३ नियात्रा सङ् गृहीत छन्।

समालाेचक राजकुमार बानियाँका अनुसार ‘सरल,सहज र सवेद्य भाषाले यात्रा वृतान्त सुन्दर बनेको छ।

त्यस्तै कुमारी लामाले जीवनका हरक्षण उत्सवमय बनाउन खुबी भएका सिलवालले पाठकलाई रमाइलाे महसुस गराउने बताइन्। 

प्रकाशित: २४ पुस २०८२ ०९:५० बिहीबार