कला/साहित्य

गायक मेघराज रानाेहाेँछाले बाेलाए ‘टिकटकमा आउनु है’

गीतकार उदय राईकाे ‘टिकटकमा आउनु है’ गीतलाई गायक मेघराज रानाहोँछाले सुमधुर स्वरमार्फत जीवन्तता प्रदान गरेकाे छ।

गायक राईले यसअघि बाँस काटी ढुङ्ग्राे, सक्छाै भुलेर बस, दिलभित्र छिरी, ऊ गई गएर छाेडी लगायतका दर्जनाै गीतमा सुमधुर स्वर भरेका छन्।

संगीतकार भक्तराज राईकाे संगीत, मिक्सिङ मास्टरिङ राजु कार्की, रेकर्ड सुरेश राई रहेकाे उक्त गीत स्टुडियो किंगमा रेकर्ड गरिएको हाे।

गीतकारद्वय आनन्द रानाहोँछा र चन्द्र जयपालकाे विशेष सहयाेग रहेकाे गीतकाे भिडियाे जस्केलो क्रिएशनले गरेकाे हाे भने गीतकाे सम्पादन धना खालिङले गरेका हुन्।

प्रकाशित: १७ असार २०८३ ११:३२ बुधबार