कला/साहित्य

एकैसाथ तीन कृति लाेकार्पण

साहित्यकार विश्वराज अधिकारीकाे ‘हरिअरी’ बज्जिका लघुकथासंग्रह लाेकार्पण भएकाे छ।

कार्यक्रममा अधिकारीकाे ‘हरिअरी’ बज्जिका लघुकथासंग्रहकाे साथमा विश्वराज अधिकारी एक:  व्यक्तित्व अनेक र  विश्वराज अधिकारी:  बज्जिका रतनकाे लाेकार्पण भएकाे हाे।

लाेकप्रिय कथाकार भागिरथी श्रेष्ठकाे प्रमुख आतिथ्य तथा शुकदेव उपाध्यायकाे अध्यक्षतामा कृतिकाे लाेकार्पण भएकाे हाे।

कार्यक्रममा समालाेचक तथा साहित्यकार खेमराज पाेखरेलले उपस्थित प्रियजनलाइ शब्द मार्फत स्वागत गरेका थिए।

प्रतिक ढकाल, डा. चुडामणि शर्मा, रामचन्द्र कुसवाह र  बज्जीकाभाषी केही अभियन्ताले कृतिकाे लाेकार्पण गरेका हुन्।

पौडेल बिमुन्सले सञ्चालन गरेकाे कार्यक्रममा लघुकथा समाज नेपालका अध्यक्ष तुलसीहरि काेइराला, लघुकथाविद् लता केसी ‘लघुकथा अभिभावक’, प्रार्थना खनाल, एन्जल निलु, इन्दिरा चापागाईं, केदार आचार्य, ललिता दाेषी, वन्दना घिमिरे, ध्रुवराज थापा पुरूष, सत्या अधिकारी, श्याम श्रेष्ठ लगायतकाे उपस्थिति रहेकाे थियाे।

प्रकाशित: ७ असार २०८३ १०:१७ आइतबार