कला/साहित्य

असोज २ गतेदेखि प्रदर्शनमा आउँदै चलचित्र ‘झिंगेदाउ–२’

चलचित्र ‘झिंगेदाउ २’ असोज २ गतेदेखि प्रदर्शनमा आउने भएको छ।

ज्ञानेन्द्र देउजाको निर्देशन रहेको चलचित्रले सोमबार एकै साथ तीन फरक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।

पहिलो पोस्टरमा चलचित्रका मुख्य कलाकार दशैंको टिका लगाएर चङ्गा  समातिएको देखाइएको छ भने दोस्रोमा पाँच कलाकारलाई प्रस्तुत गरिएको छ। जहाँ सबै कलाकारको अनुहारमा मिश्रित भाव देख्न सकिन्छ।

यस्तै, तेस्रोमा चलचित्रका मुख्य दुई अभिनेता र आमाको पात्रमा रहेका आशा भुसाल भावुक देखिएका छन्। त्यसमै अर्को तर्फ चलचित्रकी अभिनेत्री झ्यालबाट हासिरहेको प्रस्तुत गरिएको छ।

चलचित्रमा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट, बसुन्धरा भुसाल, चैत्यदेवी, हिउँवाला गौतम, विजय देउजा, आशा भुसाल, अभयराज बराल, आशिष पुरुषको अभिनय रहेको छ।

‘झिंगे दाउ २’ मा सुलभ प्रतिक देउजा, समीक्षा देउजाको लगानी छ। परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेको पटकथा तथा संवाद रहेको फिल्म विष्णु घिमिरे ‘कल्पित’ले छायांकन गरेका हुन्।

चलचित्रको छायांकन काठमाडौं, पाटन, भक्तपुर, साँखु, तनहूँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ, पालुङ लगायतका ठाउँमा भएको जनाइएको छ। यो ३ वर्ष अगाडि रिलिजमा आएको सफल चलचित्रको ‘झिंगे दाउ’को सिक्वेल हो।

प्रकाशित: ८ असार २०८३ १२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App