कला/साहित्य

तीन झिल्का कवितासङ्ग्रह लाेकार्पण

झिल्का साहित्य समाज नेपालले संयुक्त झिल्का कवितासङ्ग्रह 'आवाज', झिल्काकार वसन्त अनुभवको 'अनुभव' झिल्काकवितासङ्ग्रह र सुरेशकुमार पाण्डेको 'आँगन' लाेकार्पण गरेका छन्।

आयोजनामा भएको उक्त कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका निवर्तमान सदस्य सचिव डा. धनप्रसाद सुवेदीको प्रमुख आतिथ्य थियो।

झिल्का साहित्य समाज नेपालका अध्यक्ष एवम् झिल्का प्रवर्तक वसन्त अनुभवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा झिल्का कविताका ३ पुस्तक विमोचन भएका थिए।

विमोचित पुस्तकहरूमा नेपाल, भारत लगायत विश्वका विभिन्न मुलुकमा रहेका ८३ नेपालीभाषी झिल्काकारहरूको संयुक्त झिल्का कवितासङ्ग्रह 'आवाज', झिल्काकार वसन्त अनुभवको 'अनुभव' झिल्का कवितासङ्ग्रह  र सुरेशकुमार पाण्डेको 'आँगन' छन्।

विमोचित कृतिहरूमध्ये 'अनुभव'को समीक्षा समीक्षक प्रमोद नेपालले, 'आँगन' को समीक्षा समीक्षक अनुराग अरुणले र 'आवाज' संयुक्त झिल्का कवितासङ्ग्रहको समीक्षा समीक्षक अरुणबहादुर खत्री नदीले गरेका थिए।

कार्यक्रममा कृति निकाले वापत 'झिल्का साहित्य समृद्धि सम्मान २०८३ बाट झिल्काकार सुरेशकुमार पाण्डेलाई,  झिल्का कवितालाई पत्रिकामा प्रकाशित गरेर टेवा पुर्‍याएवापत झिल्का साहित्य समान २०८३ 'द्वारा, अग्रिम साप्ताहिक र संसार न्युजलाई सम्मान अर्पिएकाे थियाे।

त्यस्तै आवाज झिल्का संयुक्त सङ्ग्रहमा समाविष्ट सबै सर्जकलाई 'झिल्काश्री साहित्य सम्मान २०८३ द्वारा सम्मानित गरिएको थियो। साथै उक्त अवसर दुई दर्जन बढी अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो।

झिल्काकार दीपा गुरुङ समभावले सञ्चालन गरेको कार्यक्रममा पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको थियाे। उक्त कार्यक्रममा झिल्काकार रामप्रसाद पुरीले अथितिजनलाई शब्दमार्फत स्वागत  गरेका थिए।

कार्यक्रमको विशिष्ट अतिथिमा कवि एवम् साहित्यकार ललिता दोषी, हरिवन नगर वाङ्मय प्रतिष्ठानका कुलपति घनश्याम पन्त, हाम्रो लघुकथा केन्द्रकी संस्थापक अध्यक्ष लता केसी रहेका थिए।

नेपाल प्रज्ञाप्रतिष्ठानको पारिजात प्रवचन कक्षमा सम्पन्न कार्यक्रममा विशेष अतिथिमा नेपाल हाइकु समाजका अध्यक्ष चेतनाथ धमला, टुक्का साहित्य समाजका कोषाध्यक्ष होम प्रसाद नेउपाने, पञ्चाङ्गकी प्रतिनिधि सुशीला पौडेल, लघुकथा संसार/कविता संसारका सम्पादक त्रिचन्द्र श्रेष्ठ, कपिल अज्ञात, यमुना प्रधानाङ्ग मुना, कर्ण दयाल 'सोराडी', शशीश्री आचार्य र अतिथिहरूमा कृष्णकुमार वैद्य, राजेशराज गड्तौला, जयनारायण नेपाल, अर्जुनप्रसाद चौलागाईं, हरिगोपाल न्हुच्छेप्रधान, पुष्पा सुवेदी, रामप्रसाद पुरी, चुडामणि देवकोटा, कृष्णबहादुर बजगाई, सन्दीप विक, सुरेशकुमार पाण्डे, रविता महर्जन थिए।

त्यस्तै कार्यक्रममा  प्रमोद नेपाल, पुष्पा राई, राजकुमार राजभण्डारी, होम प्रसाद नेउपाने, बेदु न्यौपाने, जमुना आचार्य कोइराला, दीपा गुरुङ समभाव, सरस्वती श्रेष्ठ, दीप गोले तामाङ, बसन्ता श्रेष्ठ, जगन्नाथ पोखरेल, माधवी, देवकी आचार्य, पुष्पा दाहाल, रमिला राई, ललिता गिरी, कल्पना भण्डारी, प्रदिप नेपाली, सन्तोष खत्री, हरि पथिक, वेदप्रसाद लामिछाने, रामचन्द्र दाहाल, देवकी गुरुङ, सन्तकुमारी गुरुङ, तीर्थराम डंगोल, इन्दिरा ढकाल, राजु तामाङ, शिशिर चालिसे, सुनिता अधिकारी, सागर महर्जन, सुर्यबहादुर सेन, दिवाकर देवकोटा, रश्मि रिमाल, युवराज सिंह, अच्युत अधिकारी लगायत थिए।

कार्यक्रममा घनश्याम पन्त, लता केसी लघुकथा अभिभावक, सञ्जय सोती, अर्जुनप्रसाद चौलागाई, ईश्वर लामिछाने, सरस्वती श्रेष्ठ, नेत्रबहादुर श्रेष्ठ, रामप्रसाद पुरी, जमुना आचार्य कोइराला लगायतले झिल्का कविता वाचन गरेका थिए।

प्रकाशित: १६ जेष्ठ २०८३ ०७:२० शनिबार