कला/साहित्य

असोजको पहिलो साता सिनेमाहलमा एकसाथ तीन चलचित्र

फ्राइडे रिलिजको अवसरमा आजदेखि तीन नयाँ नेपाली चलचित्र सिनेमाघरमा प्रदर्शनमा आएको छ।  

पहिलो ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्र ‘झिंगेदाउ २’ सामाजिक ड्रामामा तथा पारिवारिक नोकझोकमा आधारित रहेको छ। यो २०७९ मा प्रदर्शनमा आएको चलचित्र 'झिंगेदाउ' को दोस्रो श्रृंखला हो। यसमा केकी अधिकारी, आञ्चल शर्मा, महेश त्रिपाठी तथा कुशल विष्ट मुख्य भूमिकामा देखिएका छन्।

अर्को तर्फ आजदेखि हास्य कलाकार जितु नेपाल तथा प्रियांका आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘कार्की साइँला’ प्रदर्शनमा आएको छ। यो चलचित्रलाई राजेन्द्र बस्नेतले निर्देश गरेको हो।

तेस्रो चलचित्र रहेको छ, प्रेम कथामा आधारित चलचित्र ‘माया बस्छ कि के हो’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ। राजु अधिकारी निर्देशित यो चलचित्रमा डेब्यू अभिनेता सोनाल लामा र कस्मता निरौलालाई प्रमुखतासँग फिचर्ड गरिएको छ।

प्रकाशित: २ आश्विन २०८३ ११:२० शुक्रबार