शुक्रबार बिदाको अवसर पारेर तीन नयाँ नेपाली चलचित्र एकसाथ सिनेमा घरमा उत्रेका छन्। आजदेखि चलचित्र ‘रोल नं. १’, ‘शेप अफ मोमो’ र ‘कुम्भ’ एकसाथ सिनेमा घरमा आएको छ।
एक्शन जनरामा आधारित चलचित्र ‘कुम्भ’ बाट रन्धिर श्रेष्ठको डेब्यु निर्देशकीय चलचित्रको निर्माता राजेश साह छन् भने चलचित्रका लेखक पनि श्रेष्ठ स्वयं छन्।
चलचित्रमा नवनायक अशोक आर्यन, वरिष्ठ कलाकारहरू सुनिल थापा र सुशील पोखरेलका साथ रोहित रुम्बा, अप्सना थापा र सृष्टि खड्काको मुख्य भूमिका छ भने दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरको समेत अभिनय छ।
विद्यार्थी जीवन र बालबालिकाले सामना गर्नुपर्ने मनोवैज्ञानिक दबाबको कथा केन्द्रमा राखेर बनाइएको चलचित्र ‘रोल न १’ लाई जोन योञ्जनले निर्देशन गरेका छन्।
चलचित्र पारिवारिक कथावस्तुमा आधारित रहने छ भने मुकुन भुसाल, सुशांक मैनाली, रेणुनाथ योगी, एवनराज उप्रेती, सिर्जना अधिकारी, बालकलाकारमा निर्भीक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ लगायतको अभिनय छ।
सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटीले यो फिल्मलाई युनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ। यसको रनटाइम १५२ मिनेट तय छ।
‘शेप अफ मोमो’ युवा निर्देशक त्रिवेणी राईको डेब्यु फिचर चलचित्र नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ।
चलचित्र परिवारका तीन पुस्ताका महिलाको जीवन, सम्बन्ध, मौनता र भावनात्मक विरासतको कथा प्रस्तुत गर्छ।
डल्ली खोरसानी प्रोडक्सनको निर्माण रहेको चलचित्रमा ११४ मिनेट लामो ड्रामा विधाको बनेको चलचित्रमा गौमाया गुरुङ, पशुपति राई, श्यामाश्री शेर्पा, राहुल मुखिया, भानुमाया राई, जानकी कठायत लगायत कलाकारहरूको अभिनय छ।
प्रकाशित: १५ जेष्ठ २०८३ १३:२७ शुक्रबार