कला/साहित्य

यो ग्रीष्म आधा

कविता

किन प्रश्न छ अरूका लागि

म मेरै नाम सुनेर आएको हुँ यो रात

सपना बनाउन

गाह्रो छ मलाई कति

मेरो एउटा शब्दमा राख्न म

अर्को शब्दमा

मैले मागेकोे जून

यो रातलाई

हिँड्न सक्छ रात

यो शब्दबाट

मेरो खुसी बोकेर

कि सक्दैन छोड्न स्वतन्त्र

मलाई

यो अन्धकारबाट

नवीकरण गर्दै छ मेरो सपना

यो जीवन

जसलाई उठाएको छु

जमिनबाट मेरो भन्न

समय कसको घोषणा गर्छ यो रात

थाहा छैन

यो रातको सत्य

जीवनको लडाइँ जितेर

शव हारेको म

चितामा होइन

चिहानमा होइन

धुलोमा सुतेको छु

कोको छन् विरोधी

सपना दिन

एक्काइसौं शताब्दीको ग्रीष्म

सुक्खा

सुक्खा हावा छ यस बेला

बाहिर

जलाइरहेछ मैले हेर्ने रुख

पात

कफनभित्र मेरो छ नामको शव

पढ्दै गर्दा मैले आफ्नै मृत्युको

प्रोफाइल

प्रदान गर्नुअगाडि मेरो भगवान्लाई

इज्जत

कति दिन्छ जीवन

यो शब्दले

कति दिन्छ आवाज

यो मुटुले

सराब पिउनेहरू

रक्सीमा

राजनीति गर्नेहरू

त्यहाँ

मिथ्यावादीहरू आफ्नै वादमा

दाबा गर्दै छ एउटा प्रोटागोनिस्ट

यो शब्दमा

मेरो भनेर

जुन

अवतरण हुन्छ ग्रीष्म यस बेला

मेरो शब्दमा

यहाँ वाग्मतीको किनार छ भनेर

कि बस्छ हिरासतमा आफैं

मलाई कडा घाम दिएर।

प्रकाशित: २१ भाद्र २०८२ ११:११ शनिबार