कला/साहित्य

यो दसैंको पर्व पनि

गजल

यो दसैंको पर्व पनि खास हुन सकिन,

आएर पनि हाम्रो यो पास हुन सकिन

उदाङ्गिन्छ जति छोपे तापनि मदारीले,

फाटेको जालमा यो तमास हुन सकिन।

नेपाली समाजमा उथलपुथल हुने हुँदा,

दुःख मात्र छ खुसीको रास हुन सकिन।

जति लड्छौं आफ्नैको रगत बगाउँदा,

दुष्ट जिउँदै छ उसकाे नाश हुन सकिन।

बिडम्वना भनौं यो देशको र समाजको,

चल्दै छ गृहयुद्ध अवकाश हुन सकिन।

अर्कैका लागि ज्यान दिने युवाहरूको,

आफ्नै देश बनाउने सहास हुन सकिन।

प्रकाशित: १४ आश्विन २०८२ ०८:३० मंगलबार