तीन दिने ‘काठमाडौं फिल्म फेस्टिभल’ को आइतबार अन्तिम दिन हो। काठमाडौंस्थित सभागृहमा शनिबार आयोजित यो फेस्टिभलमा विभिन्न कलाकार तथा राजनीतिज्ञ व्यक्तिको बाक्लो उपस्थिति रह्यो।
यस पटक काठमाडौं फिल्म फेस्टिभल निम्ति भारतीय कलाकार शबाना आजमी नेपाल आएकी थिइन्। शनिबार आयोजित ‘काठमाडौं फिल्म फेस्टिभल’ को दोस्रो दिन रेड कार्पेटमा चलचित्रकर्मीबीच संवाद, कतै कलाकारको जमघट देखियो। यो फेस्भिलमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको महोत्सवले चलचित्रलाई पर्दामा सीमित नराखी यहाँको कला, संस्कृति र सम्पदासँग जोड्ने प्रयास रहेको आयोजकको भनाइ थियो।
यसमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रधान्मन्त्री पत्नि सविना काफ्ले, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, युनेस्को काठमाडौंका प्रमुख जाको दु तोइत, भारतीय दिग्गज अभिनेत्री शबाना आजमी, प्राध्यापक मार्को मुलर तथा नेपाली कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, करिश्मा मनान्धरलगायत सहभागी भएका थिए।
वसन्तपुरका सम्पदा क्षेत्रमा सांस्कृतिक प्रस्तुति दिदै शुरु भएको यो फेस्टिभलको अन्तिम दिन आज भने विभिन्न देशका चलचित्र प्रदर्शन र महोत्सवका कार्यक्रमले निरन्तरता पाएका छन्।
प्रकाशित: १५ कार्तिक २०८३ १८:४८ आइतबार