केही समय अगाडि सामाजिक सञ्जालमा गायिका एलिना चौहान र बिष्णु माझीको तीज गीतलाई लिएर तुलना हुन थालिएको थियो। अहिले फेरि अर्को चर्चाबिच एलिनाले असन्तुष्टि जनाएकी छन्।
हरेक वर्ष गीज गीत दर्शनमाझ ल्याएर चर्चामा रहेकी बिष्णु माझीले यो वर्ष रसुवा बाढीका कारण आफ्नो गीत ढिला ल्याइन। उनको गीत तीजभन्दा दुई सता अगाडि सार्वजनिक भयो। यो भन्दा एक महिना अगाडि एलिनाले गीज गीत ल्याइन। यसले राम्रो चर्चा र भ्यूज पनि पायो। हालसम्म यसले एक करोड १० लाख भ्यूज पाएको छ। राम्रो भ्यूजको कारण नै उनलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई बिष्णु माझीसँग तुलना गर्न थलिएको थियो। जब माझीको तीज गीत ‘घरबार’ सार्वजनिक भयो यसले दुई सतामै एलिनाको गीतलाई टपेर एक करोड २० लाख भ्यूज प्राप्त गरेको छ।
त्यसैले पनि नयाँ चर्चा सामाजिक सञ्जालमा सुरु भयो, एलिनाले एक महिनामा कमाएको भ्यूजलाई बिष्णु माझीले दुई हप्तामै टपेको भन्दै चर्चाको विषय बनिरहेको छ। यसैबिच एलिनाले असन्तुष्टि जनाएकी छन्।
यी विषयवस्तुलाई लिएर एलिनाले बुधबार सामाजिक सञ्जालमा लेखिन–‘भ्युज मेरो लागि केवल एउटा नम्बर हो। बिष्णु माझीजस्तो महान् कलाकारसँग मेरो तुलना गरेर मलाई त्यति माथि नपुर्याइदिनुस् न हौ ।’
आफ्नो र बिष्णुको फरक पहिचान रहेको र यसरी एक–अर्कासँग तुलना नगर्न भन्दै उनले थपिन–‘उहाँको गीतको आफ्नै इतिहास र उचाइ छ, मेरो गीतको आफ्नै यात्रा छ। उहाँको गीतसँग मेरो कुनै लेनदेन छैन, तुलनाको पनि आवश्यक छैन।
मलाई मेरो गीतका लागि, मेरो यात्राका लागि माया गरिदिनुस्। मेरो गीतलाई यति धेरै माया गरिदिनुभएकोमा म गर्व गर्छु, मनदेखि आभारी छु। ’
प्रकाशित: ३१ भाद्र २०८३ १४:०२ बुधबार