कला/साहित्य

शुक्रबारदेखि प्रदर्शनमा ‘तिनीहरू : एलिफेन्ट्स इन द फग'

शुक्रबारदेखि नयाँ नेपाली चलचित्र 'तिनीहरूः एलिफेन्ट्स इन द फग' प्रदर्शनमा आएको छ।

विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा पुगेर चर्चा र अवार्ड जितेको यो चलचित्र प्रदर्शनमा आएको छ। यस चलचित्रले फ्रान्सको कान्समा ‘जुरी च्वाइस अवार्ड’ तथा न्युजिल्यान्डमा उत्कृष्ट चलचित्र र ‘अडियन्स अवार्ड’ जितिसकेको छ।

जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने लैंगिक अल्पसंख्यक समुदायको कथा यसमा समेतिएको छ।

अविनाश विक्रम शाहको निर्देशन तथा पटकथा रहेको चलचित्रमा पुष्पा थिङ लामा, गौरी मल्ल, माओत्से गुरूङ, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग र आकांक्षा कार्कीलगायतको अभिनय छ।

प्रकाशित: १९ भाद्र २०८३ ११:११ शुक्रबार