कला/साहित्य

हामी मिली सजाएको मनमन्दिर आज ढल्यो

गीत

उता बाहिर हुरी चल्यो, यता मेरो मन जल्यो

हामी मिली सजाएको, मनमन्दिर आज ढल्यो

दोष कसको कति थियो, हिसाब अब कसले गर्ने?

आगो बाल्ने धेरै थिए, क्षति हाम्रो कसले भर्ने?

सँगै हिँड्ने कसमहरू, आधा बाटोमै ओइली गए

सजाएका ती सपनाहरू, खरानीझैं उडी गए

रित्तो भयो आँगन मेरो, यादहरू मात्र बाँकी रहे

हृदयमा नमेटिने, चोटहरू मात्र बाँकी रहे

किन मान्छे रमाउँछन्, मनमन्दिर जल्दै गर्दा?

कोही किन निभाउँदैनन्, जीवनको यो आगो बल्दा?

प्रकाशित: ३० फाल्गुन २०८२ १३:४८ शनिबार