कला/साहित्य

‘निर्भय नालापानीको कथा’ किशोर उपन्यास बजारमा

केही समय यता लेखनमा सक्रिय रोशन पोखरेलको किशोर उपन्यास ‘निर्भय नालापानीको कथा’ बजारमा आएको छ। उक्त उपन्यासकाठमाडौं पब्लिकेशनले प्रकाशनमा ल्याएकाे हाे।

उक्त किशाेर उपन्यासमा नालापानी युद्धको ऐतिहासिक विषयवस्तु समेटिएको छ।नयाँ पिढीलाई आफ्नो गौरवको इतिहाससँग परिचित गराउने पुस्तकको उद्देश्य छ। छरितो आकारमा आकर्षक चित्रहरूले सजिएको यो पुस्तक पठनीय बनेको छ।

प्रकाशित: १५ भाद्र २०८२ १३:१३ आइतबार