कला/साहित्य

‘गुरुपूर्णिमा’ को अवसरमा चलचित्र ‘बाकस’ घोषणा

गुरु पूर्णिमाको पावन अवसर पारेर नयाँ नेपाली चलचित्र ‘बाकस’ को घोषणा गरिएको छ। पिके इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा बन्ने यो चलचित्र नवीन पन्तको निर्देशनमा तयार हुने भएको छ। निर्देशक पन्तले नै कथा पनि लेखेका छन्।

नेपाली परिवेशको कथामा निर्माण गरिने फिल्म ‘बाकस’ नेपाल र विदेशमा छायांकन गरिने तयारीमा रहेको छ। फिल्मको स्क्रिप्ट तयार पार्ने काम भइरेहेको र चाँडै कलाकार तथा प्राविधिकको छनोट हुने निर्माण पक्षले जनाएको छ।

फिल्ममा गीतकार शंकर अधिकारी घायल र नारायण बस्नेतका गीत रहनेछन्। तिहारपछि फ्लोरमा जाने तयारीमा रहेको यो फिल्म २०८३ सालमा प्रदर्शन गरिने लक्ष्य छ।

प्रकाशित: २६ असार २०८२ १३:४३ बिहीबार

# Nagarik # Kala-yatra