कला/साहित्य

रिलको असर रियलमा : जब उनले खलनायकको भूमिका खेले...

केही पात्रहरू पर्दामा वा वेब सिरिजमा यस्ता हुन्छन्, जसले दर्शकहरूको मन र मस्तिष्कमा गहिरो छाप छोड्छन्।

यस्ता पात्रहरू लामो समयसम्म सम्झनामा रहिरहन्छन्। त्यसमध्ये हो, सिरिज ‘फ्लैश’मा बलिउड अभिनेता अक्षय ओबेराँयले निर्वाह गरेका खलनायको भूमिका।

जसकारण उनको श्रीमतिको मनमा गहिरो प्रभाव परेको थियो। उक्त भूमिकाका कारण उनीहरूको व्यक्तिगत जीवनलाई निकै प्रभावित र अस्तव्यस्त बनायो।

ओबेराँयले २०२० मा ‘पठान’ निर्देशक सिद्धार्थ आन्नदको ‘फ्लैश’ सिरिजमा एक खलनायकको निर्वाह गरेका थिए। उक्त सिरिजको कतिपय दृश्यमा निकै नै डरलाग्दो तरिकाले उनलाई प्रस्तुत गरिएको थियो।

हालै उनले ‘हिन्दुस्तान टाइम्स’ लाई दिएको एक अन्तर्वार्तामा उनले पर्दामा निर्वाह गरेका पात्रका कारण व्यक्तिगत जीवनमा असर परेको खुलाएका छन्।

उनले  उक्त अन्तर्वार्तामा भनेका छन्,‘उक्त सिरिज हेरेपछि मेरो श्रीमति कैयौँ दिनसम्म एउटै ओछ्यानमा सुतिनन्।’

उक्त पात्रका कारण उनकी श्रीमतिको मनमा ठुलो असर परेको उनले बताए। ओबेराँय हाल फिल्म ‘किंग’को तयारीमा व्यस्त छन्, जसलाई २०२६ को सबैभन्दा धेरै प्रतीक्षित बलिउड फिल्महरूमध्ये एक मानिएको छ।

प्रकाशित: २ असार २०८३ १३:१३ मंगलबार