कला/साहित्य

दीपकराज गिरीले भने : भारतमा आन्दोलनकारीले आगो लगाउने जलाउने जस्ता काम गरेनन्

कलाकार दीपकराज गिरीले छिमेकी राष्ट्र भारतको खुलेर प्रशंसा गरेका छन्। उनले भारतको प्रशंसा गर्दै छिमेकी राष्ट्रबाट केही सिक्नु पर्ने व्यंग्य गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखे, ‘राम्रो कुराको तारिफ गरौँ, भारतमा त्यत्रो ठुलो आन्दोलन भयो। सरकारले विरोधीलाई सुन्यो, उसको माग पूरा गर्‍यो, राजीनामा दिन लगायो।’

उनले आन्दोलनकारीको प्रशंसा गर्दै थपे, ‘आन्दोलनकारीले पनि आगो लगाउने जलाउने जस्ता काम गरेनन्।’

उनको उक्त पोस्टमा पाँच सयभन्दा बढीले प्रतिक्रिया आएका छन्। धेरैले नेपाल भारतको आन्दोलनमा फरक रहेको तथा त्यहाँ आन्दोलनमा गोली नचलेको दाबी गरेका छन्। 

प्रकाशित: १० श्रावण २०८३ ११:५० आइतबार