कला/साहित्य

रित्तियो बस्ती सबै त्यो घाटै बसाइ सर्‍याे होला!

गजल

अब त गाउँको त्योबाटै बसाइ सर्‍याे होला

रित्तियो बस्ती सबै त्यो घाटै बसाइ सर्‍याे होला।

सुविधा खोज्दै शहर छिरिसके गाउँलेहरू सबै

बुढा बाआमा सुत्ने त्यो खाटै बसाइ सर्‍याे होला।

गाउँका जमिन बाँझा र उराठलाग्दा भए सबै

मानेभञ्ज्याङ हाम्रो त्यो हाटै बसाइ सर्‍याे होला।

टारी र सम्म खेतभरि उब्जिनै छाडे धान, गहुँ र मकै

उर्वर अनि हरियाली त्यो फाँटै बसाइ सर्‍याे होला।

हुनै छाड्यो वर्षात अरे सुक्खा लाग्यो भन्छ्न् सबै

गाउँको पुर्वी मोहोडा त्यो पाटै बसाइ सर्‍याे होला।

प्रकाशित: २९ जेष्ठ २०८३ १३:२८ शुक्रबार