विकल त्यागी (प्रकाश गुरुङ)काे ‘खजमजिएको ब्रह्माण्ड’ मुक्तकसंग्रह लाेकार्पण भएकाे छ।
सिर्जना अभियान समाज भक्तपुरकाे आयाेजनामा नेपाल प्रज्ञाप्रतिष्ठान, कमलादीमा कृतिकाे लाेकार्पण भएकाे हाे। समाजका अध्यक्ष ध्रुव मधिकर्मीकाे अध्यक्षता तथा कृष्ण प्रधानकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।
सभाध्यक्ष, प्रमुख अतिथि कृष्ण प्रधान, समालाेचक ठाकुर शर्मा भण्डारीले संयुक्त रूपमा कृतिकाे लाेकार्पण गरेका हुन्।
दीपा गुरुङ सञ्चालन गरेकाे कार्यक्रममा सीताराम गुरुङले शब्दमार्फत अतिथिजनकाे स्वागत गरेका थिए।
प्रकाशित: १४ भाद्र २०८३ ०९:३२ आइतबार