कला/साहित्य

‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

काठमाडाैंस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’ शीर्षकमा बिहीबार यहाँ एक विशेष कला प्रदर्शनी तथा कलाकार संवाद कार्यक्रम आयोजना गरेकाे छ।

वरिष्ठ नेपाली कलाकार विधाता केसीका सिर्जनाहरूको उक्त प्रदर्शनीमा पाकिस्तान भ्रमणका उनका  अनुभव तथा सांस्कृतिक, सामाजिक र प्राकृतिक विविधताबाट प्रेरित चित्र समावेश गरिएको थियो। चित्रका माध्यमबाट पाकिस्तानका रङ्गीन परिदृश्य, सांस्कृतिक धरोहर तथा स्थानीय जीवनशैलीलाई कलात्मक रूपमा प्रस्तुत गरेका छन्।

त्यस अवसरमा नेपालका लागि पाकिस्तानका राजदूत अब्रार हाश्मीले सांस्कृतिक कूटनीति दुई देशको सम्बन्ध अझ बलियो बनाउने महत्त्वपूर्ण माध्यम भएको बताउँदै यसबाट आपसी सांस्कृतिक आदानप्रदान र समझदारी वृद्धि हुनेमा आफू विश्वस्त रहेको बताए।

प्रकाशित: १६ माघ २०८२ ०६:३९ शुक्रबार