कला/साहित्य

दिवंगत सुनिल थापाको अन्तिम चलचित्र ‘राम नाम सत्य’को टिजर सार्वजनिक

दिग्गज स्वर्गीय अभिनेता सुनिल थापाको अन्तिम चलचित्र ‘राम नाम सत्य’ को टिजर बिहीबार सार्वजनिक भएको छ।  

माइकल इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको चलचित्रले स्वर्गीय थापाको विरासतलाई सम्मान गर्दै प्रचारप्रसार सुरु गरेको हो।  

सार्वजनिक टिजरमा एक्सन, सस्पेन्स, प्रेम समेटिएको छ, जसले दर्शकमा कौतुहलता जगाएको छ।  

माइकल चन्दको निर्देशनमा तयार गरिएको यस चलचित्रमा सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुषसिंह ठकुरी, सुनिल थापा, प्रशान्त ताम्राकार, खुशी कार्की लगायतका कलाकारको अभिनय छ। माइकल चन्दकै कथा र पटकथा रहेको चलचित्रमा मानकृष्ण महर्जनको छायांकन र श्री श्रेष्ठको एक्सन कोरियोग्राफी रहेको छ।

बन्दे प्रसादको सम्पादन र काला चरणको पाश्र्वध्वनि रहेको चलचित्रको टिजर र ट्रेलर साहिल खानले तयार पारेका हुन्।

चलचित्र आगामी २७ चैतदेखि प्रदर्शन हुने तयारीमा छ। उक्त चलचित्रको गीत ‘धागोले बाटेको’ ले युट्युबमा ३० लाख भ्यूज कमाएको छ।

प्रकाशित: २९ फाल्गुन २०८२ ११:४८ शुक्रबार