कला/साहित्य

‘हरिबहादुरको जुत्ता’ को टिजर सार्वजनिक

वरिष्ठ कलाकार हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ को टिजर सार्वजनिक भएको छ । 

हरिवंशको बहुचर्चित क्यारेक्टर हरिबहादुरलाई मुख्य पात्र बनाएर तयार पारिएको चलचित्रको दुई मिनेटको टिजर साार्वजनिक भएको हो । टिजरमा पनि हरिवंशलाई हाँस्यपरक भूमिकामा देखिइएको छ । आगामी दशैंको फूलपातीसम्म चलचित्र ठूलो पर्दामा आउने तयारी रहेको छ ।  

टिजरमा चलचित्रको कथावस्तु, पात्रको परिचय र कथालाई रोचक ढंगमा प्रस्तुत गरिएको छ । दिपेन्द्र के खानालको निर्देशनमा बनेको यो चलचित्रमा स्वस्तिमा खड्का, प्रियंका कार्की, हरिहर शर्मा, प्रकाश सपुतलगायतको पनि अभिनय छ । 

प्रकाशित: १२ भाद्र २०८२ १५:५० बिहीबार