कला/साहित्य

स्वरसम्राट्को ३५ औँ स्मृति दिवस आज

प्रेम, सामाजिक मूल्य, जीवनका अनुभव र सांस्कृतिक भावनालाई मुखरित गर्ने गीत गाएर नेपालको साङ्गीत फाँटमा बेग्लै परिचय बनाएका नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस हो।  

उनको जादुमय स्वर र साङ्गीतिक सीपको कदर गर्दै  स्वरसम्राट् उपाधिबाट नारायणगोपाल सम्मानित छन्।  

‘लौ सुन म भन्छु, मेरो रामकहानी’ ‘पर्खी बसेँ आउला भनीँ’ ‘तिम्रो जस्तो मुटु मेरो पनि’ ‘ए ! कान्छा ठट्टैमा, स्वर्गकी रानी,‘ बिछोडको पीडा, जाग, लम्क, चम्क’ ‘गल्ती हजार हुन्छन्...’, ‘अल्झेछ क्यारे पछ्यौरी...’, ‘ईश्वर तैँले रचेर फेरि’ उहाँले स्वर र सङ्गीत दिएका गीत जनजिब्रोमा झुन्डिएका छन्।  

मूर्धन्य कलाकार नारायणगोपलको निधनपछि उहाँकै निवास महाराजगन्जमा स्थापना गरिएको नारायणगोपाल सङ्गीत कोषले आज विविध कार्यक्रम गरेर उनको स्मरण गर्दैछ।  

प्रकाशित: १९ मंसिर २०८२ १०:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App