कला/साहित्य

सुरेश राईकाे तेस्राे गीत ‘गहको आँसु’ सार्वजनिक

खोटाङका कवि सुरेश राईको आवाजमा सुरेश राई एण्ड सफियरको शब्द/संगीत रहेको गीत ‘गहको आँसु’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीत युट्युब च्यानल सुरेश राई एण्ड सफियरमार्फत सार्वजनिक गरिएको हो।

राईका अनुसार गहको आँसु गीत प्रेम र भरोसाको गीत हो। यसमा पतिपत्नी, प्रेमीप्रेमिका, दिदीबहिनी, दुई घनिष्ठ साथीसाथी तथा मन मिल्ने जो कोही पनि युगल बाँधिएर नाच्न /झुम्न सक्नेछन्। गीतमा जान्की मगर र द सफियरको अभिनय रहेको छ भने निर्देशन वेदना खेरेसुङमा राईले गरेकी छन्। गीतको अडियोतर्फ सागर संसार राईको एरेन्जमेन्ट, डिजे मेवाहाङको रेकर्डिङ तथा विवेकराजको मिक्सिङ/मास्टरिङ रहेको छ। मनि के राईले गरेको कोरियोग्राफीलाई गंगाराम राईले खिचेका हुन्। भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन्।

कवि राईको आवाजमा सार्वजनिक भएको यो तेस्रो गीत हो। यसअघि 'माया गर्छु नि हौ' र 'आधा चुरोट हावैले लैजान्छ' बोलका गीतहरू आइसकेका छन्। गीत, कथा र कविता लेखनमा सक्रिय राईको 'सम्झनाको फोटोकपी' कवितासंग्रह (२०८०) प्रकाशित छ।

प्रकाशित: २ जेष्ठ २०८३ ०७:०० शनिबार