कला/साहित्य

सन्नी लियोनीले गरिन् नेपालको प्रशंसा

बलिउड अभिनेत्री सन्नी लियोनीले नेपालको प्रशंसा गरेकी छन् ।  

काठमाडौं भ्रमणमा आएकी उनले प्राकृतिक सुन्दरताले नेपाल सधैं आफूलाई सुन्दर लाग्ने गरेको बताएकी हुन् । काठमाडौंको एक क्यासिनोमा आफ्नो नृत्य प्रस्तुत दिन आएकी अभिनेत्री लियोनीले भनिन्, ‘म नेपाललाई माया गर्छु। मेरो जीवनको अहिलेसम्म घुमेको सबैभन्दा सुन्दर ठाउँ मध्ये एक हो नेपाल ।’

उनको यो चौथो नेपाल भ्रमण हो । उनी आइतबार साँझ नै दिल्ली फर्कन तयारीमा छन् । 

प्रकाशित: २७ पुस २०८२ १७:२० आइतबार