बलिउडकी लोकप्रिय गायिका सुनिधि चौहानको स्वास्थ्यमा समस्या आएपछि स्टेजमै भावुक भएकी छन्।
लखनउमा भएको एक लाइभ कन्सर्टका क्रममा भावुक हुँदै उनी स्टेजमै रोएकी हुन्।
सुनिधिले गत डिसेम्बर २५ को केही महिनादेखि आफ्नो 'आई एम होम इन्डिया टुर २०२५–२६' अन्तर्गत विभिन्न सहरमा प्रस्तुति दिँदै आएकी छन्।
७ मार्चमा भारतको लखनउको कूलब्रीज रिसोर्ट्समा आयोजित कन्सर्टमा स्वास्थ्य समस्या हुँदा हुँदै पनि कन्सर्टमा उपस्थित भएकी थिइन्। गीत गाउँदा गाउँदै घाँटीमा समस्या भएर स्वर ननिस्केपछि उनी गीत गाइरहेकै बेला स्टेजमै रोएकी हुन्।
गीत गाउन कठिन भएपछि उनले आफ्नो प्रशंसककहरुसँग माफी मागेकी छन्। आफू सधैँ दर्शकलाई १०० प्रतिशत उत्कृष्ट दिन चाहने उनले बताएइन्।
उनको यस्तो अवस्था देखेपछि कार्यक्रममा उपस्थित हजारौँ दर्शकले उनलाई हौसला दिँदै निरन्तर ताली र चियर गरेका थिए।
सुनिधि चौहान करिब दुई दशकदेखि बलिउड सङ्गीतकी लोकप्रिय गायिका हुन्। उनले ‘शीला की जवानी’, ‘कमली’ र ‘बीड़ी जलइले’ जस्ता धेरै हिट गीत गाएकी छन्।
प्रकाशित: २६ फाल्गुन २०८२ १२:३६ मंगलबार