कला/साहित्य

‘परालको आगो’मा शान्त मुद्रामा देखिइन् सुहाना

सुशील पोखरेलले निर्माण गरेको चलचित्र ‘परालको आगो’ को एक नयाँ पोस्टर सार्वजनिक भएको छ। उक्त पोस्टरमा चलचित्रकी  मुख्य अभिनेत्री सुहाना थापालाई मात्र प्रस्तुत गरिएको छ।

आइतबार नारी दिवसको अवसर पारेर सार्वजनिक गरिएको  पोस्टरमा सुहाना डोकोमा टाउको अड्याएर शान्त मुद्रामा देखिएकी छन्। चलचित्रमा प्रकाश सपुतसँग सुहानाको जोडी देखाइएको छ।

गुरुप्रसाद मैनालीको चर्चित कथामा निर्माण गरिएको उक्त चलचित्रमा प्रकाश सपुत, सौगात मल्ल, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरिता भण्डारी, रेणु न्यौपाने, एन्जिला बानियाँको अभिनय छ।

सुशील देवकोटाको पटकथा रहेको चलचित्रमा लक्ष्मण सुनारले निर्देशन गरेका छन्। चलचित्र अगामी वैशाख ११ देखी प्रदर्शनमा आउने तयारीमा छ।

प्रकाशित: २५ फाल्गुन २०८२ १२:०२ सोमबार