चलचित्र विकाश बोर्डले तीन नेपाली चलचित्रको वैशाख १९ गते सम्मको बक्स अफिस विवरण सार्वजनिक गरेको छ।
उक्त विवरण अनुसार विराज भट्टको शीर्ष भूमिका रहेको चलचित्र ‘राम नाम सत्य’ ले सफल व्यापार गरेको छ। चैत २७ गतेदेखी प्रदर्शनमा आएको चलचित्रले तीन करोड ३९ लाख ७३ हजार चार सयको व्यापार गरेको छ। भने एक लाख २० हजार नौ सय २६ वटा टिकट बिक्री गरेको छ।
यस्तै, वैशाख ११ गते देखी सिनेमाघरमा प्रदर्शनमा आएको चलचित्र ‘परालको आगो’ ले चलचित्र ‘राम नाम सत्य’ को व्यापारलाई टक्कर दिएको छ।
प्रकाश सपुत र सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्रले छोटो समयमा राम्रो व्यापार गरेको छ। सोही अवधिमा ‘परालको आगो’ ले तीन करोड १२ लाख १७ को व्यापार गरेको छ। भने एक लाख १० हजार चार सय ४२ वटा टिकट बिक्री गरेको छ।
नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा ल्याइएको तुलसी घिमिरे निर्देशित चलचित्र ‘पहाड’ को व्यापार भने अन्य चलचित्रको तुलनामा कमजोर देखिएको छ। उक्त चलचित्रले करोड समेत कटाउन सकेको छैन्।
६३ लाख ९३ हजार कलेक्सन गरेको चलचित्रले टिकट भने २० हजार दुई सय ६५ वटा बिक्री गरेको छ।
प्रकाशित: २१ वैशाख २०८३ १४:०० सोमबार