निबन्धकार अनन्त अर्यालको ‘अन्तरिक्षको आँगन’ लाेकार्पण भएकाे छ।
गुप्ततारा स्मृति प्रतिष्ठान, वालिङ, स्याङ्जाले ‘अन्तरिक्षको आँगन’ को गृहलाेकार्पण एवं विमर्श तथा अन्तरिक्षको आँगन सिर्जना उत्सव- २०८३ सम्पन्न गरेकाे हाे।
वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६ स्याङ्जाको सहकार्यमा वालिङ बहुमुखी क्याम्पसमा कार्यक्रम भएकाे हाे।
निबन्धकार अनन्त अर्यालको अध्यक्षता तथा अग्रज स्रष्टा व्यक्तित्व विश्वप्रेम अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ‘अन्तरिक्षको आँगन’ निर्बन्ध- आलेख कृतिको लोकार्पण भएकाे हाे।
दीपक लम्साल, ध्रुवप्रसाद शर्मा पङ्गेनी, यामबहादुर कुँवर र चक्रबहादुर पराजुलीले लाेकार्पित कृतिकाे समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए।
निबन्धकार अनन्त अर्यालले निर्बन्धीय मन्तव्य प्रस्तुत गरेका थिए।
लाेकार्पित कृतिमा निर्बन्ध- आलेखमा २९ समसामयिक विषयका निबन्ध छन्। निबन्धकार अर्याल जनसेवा माध्यमिक विद्यालय, वालिङ- १४, डुम्रेभञ्ज्याङ्, स्याङ्जामा प्रधानाध्यापकको निर्वाह गरिरहेका छन्। नेपाली साहित्य सिर्जनामा विशेष रूपमा क्रियाशील छन्।
तीलाकुमारी स्मृति साहित्य पुरस्कार (२०६०) र भेषजविन्दु साहित्यिक पुरस्कार (२०८२) लगायतका पुरस्कारद्वारा पुरस्कृत अर्याल गुप्ततारा स्मृति प्रतिष्ठान, वालिङ, स्याङ्जाका अध्यक्ष हुन्।
सुन्दर स्वदेश प्रकाशनद्वारा प्रकाशित र युवा स्रष्टा मिलन समीरले सम्पादन गरेकाे कृतिमा २९ समसामयिक निर्बन्ध- आलेख समावेश छ।
युवा स्रष्टा शम्भु अर्यालद्वारा स्वागत मन्तव्य प्रस्तुत गरिएको कार्यक्रमको संयोजन वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका संस्थापक संयोजक युवा स्रष्टा तथा साहित्यिक अभियन्ता मिलन समीरद्वारा गरिएको थियो ।
कार्यक्रममा उदय श्रेष्ठ र लक्ष्मीपति पौडेलले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए।
कार्यक्रमको दोस्रो चरणमा चिन्तु गिरी, लेखनाथ काफ्ले, नीलकण्ठ लम्साल, सीताराम अधिकारी, अग्निकुमार रेग्मी पल्लव, प्रेमबन्धु सुवेदी, लीलाम्बर ढुङ्गाना, शोभाकान्त रेग्मी, गुरुप्रसाद ढकाल, पारिश्वर न्यौपाने, खगेन्द्रजंग थापा, इन्द्रप्रसाद पाठकले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए।
त्यस्तै प्रेमप्रसाद सुवेदी, विनुप्रसाद पराजुली, वसन्त खनाल, कमल बगाले, चण्डिकाप्रसाद भट्टराई र डिल्लीराम भण्डारी लगायतका स्याङ्जाली स्रष्टाले पनि आफ्ना उत्कृष्ट सिर्जना प्रस्तुत गरेका थिए।
प्रकाशित: १८ आश्विन २०८३ ०९:०१ आइतबार