कला/साहित्य

चलचित्र ‘जेरी अन टप’को गीत सार्वजनिक

असोज ३१ गते प्रदर्शनमा आउने चलचित्र ‘जेरी अन  टप’ को गीत ‘ए मेरी कस्तुरी’ आज सार्वजनिक भएको छ।  

दशैंपछि आउँदै गरेको चलचित्रको गीतको लेखक र सङ्गीत डिजाइनर जयन जे वाइबा हुन्।

यो गीतमा आशिष गुवाजु र सदीक्षा कट्टेलको स्वर छ।

जेरी अन टप चलचित्रमा अनमोल केसी र आञ्चल शर्मा मुख्य भूमिकामा छन्। चलचित्रको पटकथाकार विश्वास तिमल्सिना हुन्।

गीत सार्वजनिक भएको ४ घण्टामा १९ हजारले हेरेका छन् । 

प्रकाशित: ८ आश्विन २०८२ १६:३० बुधबार