कवि पारिश्वर न्यौपानेको ‘सिरौँला’ कवितासङ्ग्रहको लाेकार्पण भएकाे छ। कविकी आमा टीकाकुमारी न्यौपानेको अध्यक्षता, महाकाव्यकार डा. नवराज लम्सालको प्रमुख आतिथ्य एवं गण्डकी प्रदेश सभा अर्थ विकास समितिका सभापति भोजराज अर्यालको विशिष्ट आतिथ्यमा कृतिकाे लाेकार्पण भएकाे थियाे।
लाेकार्पण कार्यक्रममा लक्ष्मीप्रसाद रेग्मी, ध्रुवप्रसाद शर्मा पङ्गेनी र डा. शङ्करप्रसाद गैरेले लाेकार्पित कृतिको समीक्षात्मक टिप्पणी गरेका थिए।
रत्नटीका साहित्य संगमकाे प्रकाशन र मिलन समीरकाे सम्पादनमा प्रकाशित कविता कृतिमा जीवनाभूति खण्डमा १८, प्रेमानुभूति खण्डमा ५८, समयानुभूति खण्डमा १३ र समाजानुभूति खण्डमा २२ कविता गरी १११ कविता समावेश छ।
अभियानका संस्थापक स्रष्टा शम्भु अर्यालले स्वागत मन्तव्य र वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका संस्थापक संयोजक मिलन समीरले चलाएकाे हाे।
कार्यक्रममा पराजित रेशम गोतामे, प्रेमबन्धु सुवेदी, इन्द्रप्रसाद पाठक, लोकहरि पाण्डेय क्षितिज, शोभाकान्त लम्साल, दिलीप तिवारी, विष्णु पङ्गेनी पाण्डे, गुरु ढकाल, तोरणराज बस्याल, वसन्त खनाल, डिल्लीराम भण्डारी रचना पाठ गरेका थिए।
त्यस्तै अनन्त अर्याल, लक्ष्मी रेग्मी खनाल, लेखनाथ काफ्ले, बोधराज न्यौपाने, सीताराम अधिकारी, कमला अधिकारी सिग्देल, भोजकुमारी पाण्डे, स्मारिका अर्याल, चण्डिकाप्रसाद भट्टराई, सुमन भट्टराई, सरस्वती अर्याल काफ्ले, दमकुमारी बगाले लगायतले रचना वाचन गरेका थिए।
वालिङ- १३, बाह्रबिसे, थानपाटा, स्याङ्जामा २०३७ कात्तिक १८ गते बुवा रत्नाखर न्यौपाने र आमा टीकाकुमारी न्यौपानेको कोखबाट जन्मिएका कवि न्यौपाने शिक्षण पेसामा संलग्न छन्। कवि जनसंख्याशास्त्र र समाजशास्त्र विषयमा स्नातकोत्तर हुन्। वालिङ-८, बि.पी. चोकस्थित शुभम पार्टी प्यालेसमा भएकाे कार्यक्रममा भोजराज अर्यालले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए।
प्रकाशित: १६ भाद्र २०८२ ११:२३ सोमबार