कला/साहित्य

‘यो देशको सबैभन्दा ठूलो मुर्दाघर हो सिंहदरबार’ लाेकार्पण

आँबुखैरेनी स्रष्टा समाजले कवि अनिल श्रेष्ठको ‘यो देशको सबैभन्दा ठूलो मुर्दाघर हो सिंहदरबार’ कवितासंग्रहकाे परिचर्चा गरेको छ।

समालाेचक बद्रीप्रसाद ढकालले कवितासंग्रहकाे समीक्षात्मक मन्तव्य राख्दै अनिलका कविताले समाजको यथार्थता प्रस्तुत गरेको बताए।

त्यस्तै अर्का समीक्षक अमृता शर्माले कवि श्रेष्ठले वर्तमानको कुरूपताविरूद्ध कविताकाे माध्यमबाट तीव्र प्रहार गरेको बताइन्।

समीक्षक विष्णु ज्ञवालीले समाजमा व्याप्त विकृति र विसंगतिविरूद्ध कविले खरो प्रहार गरेको बताए।

स्रष्टा समाज नेपालका अध्यक्ष तथा प्रमुख अतिथि साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले कविता कृति राजनीतिज्ञ र प्रशासककहाँ पनि पुर्‍याउनुपर्नेमा जोड दिए।

आँबुखैरेनी स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा कृतिकार श्रेष्ठका साथै केशव पराजुली, विमल भौकाजी, मातृका पोखरेल, मित्रलाल पंज्ञानी, प्रा. कपिल अज्ञात, तेजविलाश अधिकारी लगायतले मन्तव्य प्रस्तुत गरेका थिए।

प्रकाशित: १० भाद्र २०८३ १२:४० बुधबार