कला/साहित्य

गायक रत्नदिप चौधरी सम्मानित

दोश्रो ओपासना चलचित्र म्यूजिक अवार्ड २०२५ मा थारु गीत गायनतर्फ गायक रत्नदिप चौधरी सम्मानित भएका छन्। उनले प्रस्तुत गरेको 'हे गे नथिया वाली' शीर्षकको गीत यस वर्ष उत्कृष्टता पुरस्कारका लागि मनोनयनमा परेको थियो।

शनिबार भएको चलचित्र म्यूजिक अवार्ड २०२५ मा गायक चौधरीको गीतमा रहेको भावनात्मक अभिव्यक्ति, मधुर आवाज र थारु सांगीतिक शैलीलाई आधुनिक ढङ्गले प्रस्तुत गरेको भन्दै निर्णायक मण्डलले विशेष प्रशंसा गरेको थियो। अवार्ड समारोहमा कलाकार, संगीतकर्मी तथा दर्शकबाट पनि गीतले उल्लेखनीय प्रशंसा बटुलेको थियो।

सम्मान ग्रहण गर्दै चौधरीले थारु भाषा–साहित्य र संगीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन गरेको आफ्नो प्रयासलाई अवार्डले थप ऊर्जा प्रदान गरेको बताए।

प्रकाशित: ८ मंसिर २०८२ १२:४४ सोमबार