कला/साहित्य

गायक हुमाने सागरको निधन

भारतीय गायक हुमाने सागरको निधन भएको छ। ओडिया फिल्म उद्योगका एक लोकप्रिय  गायक, सागरको ३६ वर्षको उमेरमा निधन भएको हो। 

स्वास्थ्य परीक्षणका क्रममा उनको शरीरका अधिकांश भागले काम गर्न छाडेको पाइएको चिकित्सकले बताएका छन्। १४ नभेम्बरमा अस्पताल पुगेका सागरको उपचारकै क्रममा निधन भएको ओडिसाको मुख्यमन्त्रीले जानकारी गराएका छन्।

सागरको मृत्युपछि उनकी आमाले बिग्रँदो स्वास्थ्यका लागि सागरको म्यानेजरलाई दोष दिएकी छिन्। गायककी आमा शेफालीका अनुसार, सागर केही समयदेखि अस्वस्थ थिए, तैपनि उनका म्यानेजर र कार्यक्रम आयोजकहरूले उनलाई प्रस्तुति दिन निरन्तर दबाब दिइरहेका थिए। 

प्रकाशित: २ मंसिर २०८२ १७:१९ मंगलबार