वान सिनेमाले जेन-जी आन्दोलनका शहीदको दर्शकका साथ हलमै सम्झना गर्ने गरेको छ ।
प्रत्येक फिल्म सुरु हुनुभन्दा अघि एक मिनेट मौनधारण गरेर जेन-जी आन्दोलनका शहीदको सम्झना गर्ने गरिएको वान सिनेमाका महाप्रवन्धक उमेशराज गिरीले बताए ।
उनले भने, ‘जेन-जी शहीदको सम्झनामा हामीले मौन धारण गर्ने गरेका हौँ । हाम्रो यो कदमले उहाँहरूले उठाएका मुद्दाको सुनुवाइ होस । जेन-जीका सपना पूरा हुन मद्दत पुगोस् भन्ने कामना छ ।’
दर्शकले पनि हलको यो नियमलाई मानेको र शहीदको सपना पूरा गराउने अभियानमा जोडिएको गिरीले बताए ।
हलमा दर्शक भेला भएपछि एउटा डिस्प्ले देखाइन्छ । जहाँ लेखिएको छ, ‘भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा हामीले वीर नेपालीहरूलाई गुमायौँ । उहाँहरूको बलिदानको सम्मानमा कृपया एक मिनेट मौन धारण गरौँ । आत्माको चीर शान्ति र परिवारलाई शक्ति मिलोस् ।’
प्रकाशित: ५ आश्विन २०८२ १९:४६ आइतबार