कला/साहित्य

सिद्धार्थ र कियाराले गरे छोरीको पहिलो तस्बिर सार्वजनिक

बलिउडका लोकप्रिय कलाकार सिद्धार्थ मल्होत्रा र कियारा अडवाणीले पहिलो पटक सामाजिक सञ्जालमा छोरीको तस्बिर सार्वजनिक गरेका छन्।

उनीहरूले तस्बिर सार्वजनिक गर्दै छोरीको नाम पनि खुलाएका छन्।

गत जुलाईमा यी जोडीलाई पुत्री लाभ भएको थियो। तर छोरीको अनुहार भने अझै गोप्य राखेका छन्।

छोरीको खुट्टाको तस्बिर सार्वजनिक गर्दै सिद्धार्थले क्याप्सनमा लेखेका छन्, ‘हाम्रो प्रार्थनादेखि हाम्रो पाखुरासम्म, हाम्रो दिव्य आशीर्वादहरू, हाम्रो राजकुमारीसम्म’ साथै छोरीको नाम ‘सरायाह मल्होत्रा’ राखेका छन्।

सन् २०२१ को फिल्म 'शेरशाह' बाट प्रेम सम्बन्धमा रहेका कियारा र सिद्धार्थले सन् २०२३ मा विवाह गरेका थिए।

प्रकाशित: १२ मंसिर २०८२ १३:३८ शुक्रबार