कला/साहित्य

रोमान्टिक फिल्ममा फर्किदै शाहरुख खान

रोमान्स किङको नामले आफ्नो परिचय बनाएका शाहरुख खान फेरि एकपटक रोमान्टिक फिल्म लिएर आउने तयारीमा छन्।

फिल्म ‘किंग’ पछि उनी एउटा बिग बजेट रोमान्टिक फिल्ममा देखिन सकिने बताइएको छ। यस फिल्ममा उनको लुक निकै फरक हुने बताइएको छ, जसले दर्शकलाई नयाँ अनुभव दिने अपेक्षा गरिएको छ।

खानको पछिल्ला वर्षहरूमा पठान र जवान जस्ता एक्शन फिल्महरूमा काम गरेका थिए। अब उनी आफ्नो चिनारी बनेको रोमान्टिक शैलीमा फर्किन लागेका हुन्।

यो फिल्म क्लासिक प्रेमकथामा आधारित हुने बताइएको छ। जहाँ पुरानो समयको भावना ‘ओल्ड स्कुल रोमान्स’ लाई आधुनिक शैलीसँग प्रस्तुत गरिनेछ। निमार्ताले यसलाई सिनेम्याटिक स्तरको बनाउने तयारी गरेका छन्।

फिल्ममा शाहरुख खान परिपक्व र गहिरो चरित्रमा देखिनेछन्। यो भूमिका उनको पुरानो रोमान्टिक पात्र सम्झाउने खालको हुनेछ।

अहिलेसम्म फिल्मको कथा, निर्देशक र अन्य कलाकारहरूबारे धेरै जानकारी सार्वजनिक भएको छैन तर फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्ने योजना भने बनिरहेको बताइएको छ।

प्रकाशित: ४ चैत्र २०८२ १२:१२ बुधबार