कला/साहित्य

हास्य कलाकार खेम शर्माको अमेरिकामा निधन

हास्य कलाकार खेम शर्मा (चतुरे) को आइतबार बिहान अमेरिकामा निधन भएको छ।

उनलाई स्वास्थ्य असहज भएपछि बाल्टिमोरस्थित फ्यांकलिन स्क्वायरको मेडस्टार अस्पतालमा लगिएको थियो। उपचारका क्रममा उनको निधन भएको बताइएको छ।  

उनको निधनको खबर हास्य कलाकार सिताराम कटेल (धुर्मुस) ले सामाजिक सञ्जाल मार्फत पुष्टि गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।

‘चतुरेको दाउ पेच’ नाटकबाट प्रसिद्धि कमाएका कलाकार शर्मा विगत सात वर्षदेखि अर्बुद रोगबाट पीडित थिए।

यसैबीच, हास्य कलाकार शिवहरि पौडेल, चलचित्र समीक्षक प्रकाश सायमीलगायतले शर्माको निधनबाट नेपाली चलचित्र क्षेत्रका लागि अपुरणीय क्षति भएको उल्लेख गर्दै शोक प्रकट गरेका छन्।

प्रकाशित: ७ असार २०८३ १२:१२ आइतबार