दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु आमा बन्ने भएकी छिन्। हालै उनको फिल्म ‘मा इन्टी बंगारम’ को सफलताको उत्सव मनाउने क्रममा सार्वजनिक भएका केही तस्बिर र भिडियोहरूमा सामन्थाको पेट सामान्यभन्दा ठुलो देखिएपछि उनी आमा बन्न तयारीमा रहेको भन्ने सामाजिक सन्जालप्रयोगकर्ताले अनुमान गर्न थालेका छन्।
त्यसपछि विभिन्न भारतीय मिडिया रिपोर्टहरूले सामन्था र उनका पति राज निदिमोरु आफ्नो पहिलो सन्तानको स्वागत गर्ने तयारीमा रहेको दाबी गरे।
यद्यपि, यस विषयमा सामन्था वा राजबाट आधिकारिक घोषणा भने अझै आएको छैन। सामन्थाको नयाँ फिल्मको सफलताको उत्सवका तस्बिर तथा भिडियो भाइरल भएका छन्।
सार्वजनिक भिडियो र तस्बिरहरूमा सामन्थाले सेतो टीसर्ट लगाएको देखिन्छ, जसमा उनको बेबी बम्प स्पष्ट रूपमा देख्न सकिन्छ।
उनले गत वर्ष दक्षिण भारतीय फिल्मका निर्देशक राज निदिमोरुसँग दोस्रो विवाह गरेकी थिइन्।
प्रकाशित: ७ असार २०८३ १२:१२ आइतबार