कला/साहित्य

सलमान खानले परिवारसँग मनाए गणेश चतुर्थी

बलिउडमा गणेश चतुर्थी बढो धूमधामसँग मनाइने गरिन्छ। बुधवार सलमान खानले पनि आफ्नो परिवारसँग हर्षोल्लासका साथ गणेशलाई भित्राए । यो अवसरमा सलमानका  बुवा सलिम र आमा सलमापनि संगै रमाए।  

सलमानको बहिनी अर्पीता खान शर्माले पनि  सधैझै  यो वर्ष पनि भगवान् गणेशलाई घर भित्राएकी छिन्। उनी आफ्नो श्रीमान् आयुश शर्मासँग गणेश आरती गर्दै गरेको देखिन्छ।  

खान  परिवारले गणेश पुजेको दृश्यले धेरैको मन छोएको छ । ‘भाइ जान’ सबै धर्मलाई उत्तिकै सम्मान गर्छन् भन्ने टिप्पणी सामाजिक सञ्जालमा छाएको छ।  

प्रकाशित: १२ भाद्र २०८२ १२:३२ बिहीबार