कला/साहित्य

रावणको प्रशंसा गर्दै साई पल्लवी

सधैं पर्दामा हिरो र एक्सन किंङको भूमिकामा देखिने अभिनेता यश यो पटक आफ्नो लागि फरक पात्र चयण गरेका छन्। निर्देशक नितेश तिवारीको  ‘रामायण’ मा यश रावणको पात्रमा देखिने भएका छन्। ‘रामायण’ प्रदर्शनअघि निर्माता तथा कलाकारहरू भारतका विभिन्न सहरमा पुगेर यसको प्रचारप्रसार गरिरहेका छन्।

यसैक्रममा हैदराबादमा आयोजित एक कार्यक्रममा चलचित्र ‘रामायण’ मा सीताको भूमिका निर्वाह गरिरहेकी साई पल्लवीले रावणको भूमिका निभाउने यशको निर्णयको प्रशंसा गरेकी छन्।

साई पल्लवीका अनुसार यशले रावणको भूमिकालाई पूर्ण रूपमा आत्मसात् गरेका छन् र दर्शकको घृणा पाउन सक्ने पात्रमार्फत पनि सबैको माया जित्न सफल भएका छन्।

साईले भनिन्–‘कोही पनि रावणको भूमिका निभाउन चाहँदैन, किनकि यो पात्रसँग घृणा जोडिएको छ। तर यशले यो भूमिका निभाए र त्यसको बदलामा सबैको माया जिते।’

यसअघि एक कुराकानीका क्रममा यशले चलचित्रका सहनिर्मातामध्ये एक भए पनि उनले भगवान् रामको सट्टा रावणको भूमिका किन रोजे भन्ने विषयमा आफ्नो धारणा राखेका थिए।

यशले भनेका थिए, ‘रामको महानता देखाउन रावणको खराब पक्ष पनि त चाहिन्छ।’

आफ्नो अभिनय क्षमताप्रति विश्वास व्यक्त गर्दै उनले भनेका थिए, ‘मभन्दा राम्रोसँग खराब पक्ष अरू कसैले देखाउन सक्दैन।’

जब उनलाई पर्दामा खलनायक बन्ने जिम्मेवारी आफूले लिएको हो भनेर सोधियो, उनले जवाफ दिएका थिए, ‘मैले राम्रो पात्र निभाउँदा पनि मभन्दा राम्रो अरू कोही हुने छैन।’

यशले थप भनेका थिए, ‘रावणलाई देख्दा दर्शकलाई यसलाई कसरी मार्ने भन्ने लाग्नुपर्छ। हामी सबैले आफ्नो अहंकारलाई एकातिर राखेका छौँ। रामायणमा कुरा मेरो स्टारडम वा एक स्टारका रूपमा मेरो पहिचानको होइन। यस परियोजनामा उत्कृष्ट व्यक्तिहरूले काम गरिरहेका छन्।’

प्रकाशित: ६ कार्तिक २०८३ १४:५५ शुक्रबार